Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत १८ गते शुक्रबार

सुदूरपश्चिमाञ्चल बिश्वबिध्यालय केन्द्रिय क्याम्पस अनेरास्ववियु  कमिटिले गरे रक्तदान

नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयमा रक्तदान गरेको छ । शुक्रबार अनेरास्ववियु सुप विश्वविद्यालय इकाई कमिटिले रक्तदान गरेको हो । बढ्दै गएको गर्मीसंगै बिरामीको संख्या बृद्धिले रगत अभाव हुनसक्ने भन्दै अनेरास्ववियुले रक्तदान गरेको जनाएको छ । अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटिका उपाध्यक्ष रबिन नाथले समाजिक कार्य गर्ने उदेश्यका साथ रक्तदान गरिएको बताए । 

नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरसंगको प्राविधिक सहकार्यमा रक्तदान गरिएको छ । अनेरास्ववियु कञ्चनपुरका युवा नेता समेत रहेका नाथले अनेरास्ववियुका विद्यार्थी नेता कार्यकर्ता, प्राध्यापक लगायत अन्य विद्यार्थी गरि १४ जनाले रक्तदान गरेका थिए । समाजिक कार्यमा अनेरास्ववियुले गरेको रक्तदानले धेरैको ज्यान जोखिमबाट बचाउन सकिने दावि गरिएको छ । रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाईटी रक्त संचार प्रमुख नरेन्द्र राज जोशले प्रमाण पत्र हस्तान्तर गरेका थिए । 

गर्मीयामको शुरुवातसंगै विभिन्न रोगका बिरामीको संख्या बृद्धि जाने र रगत अभाव भएका बेला अनेरास्ववियुले गरेको रक्तदानबाट समेत धेरैको ज्यान जोगिने नेताहरुको भनाई छ । विद्यार्थी संघ संगठनले क्याम्पसमा बन्द, हड्ताल, तालाबन्दी, तोडफोड, आन्दोलन भन्दा अनेरास्ववियुले रक्तदान गरे यस्तै अन्य विभिन्न समाजिक सृजनात्मक काममा जुट्नुपर्ने विश्वविद्यालयका केही प्राध्यापकको भनाईछ । 

अनेरास्ववियु सुप विश्वविद्याल इकाई कमिटि अध्यक्ष दिनेश महराको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको प्रमुख आथित्यमा रक्तदान गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>