Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ चैत १८ गते शुक्रबार

नेकपा ( माओवादि केन्द्र ) दार्चुला नयाँ नेतृत्व चयन संगै चुनावी कार्यदल गठन

हरि प्रसाद जाेशी - माओवादी केन्द्र दार्चुलाले लामाे समय पछि नयाँ नेतृत्व पाएकाे छ ।सुदुरपश्चिम प्रदेश कमिटी का पदाधिकारीहरुको उपस्थितिमा प्रदेश कमिटी सदस्य हरुको बैठक बसाई शुक्रबार जिल्ला समन्वय समिति र पालिका ईन्चार्जको टुंगो लगाईएको छ।

नेकपा माओवादी केन्द्र दार्चुला जिल्लाका ईन्चार्ज लक्ष्मी विक को अध्यक्षता बसेको बैठकमा प्रदेश कमिटी ईन्चार्ज खगराज भट्ट प्रमुख अतिथि, सह ईन्चार्ज लक्ष्मणदत्त जोशी विशेष अथिति एवम् प्रदेश कमिटी उपाध्यक्ष मानसिहं माल, प्रदेश कमिटी सचिव जनक बुढा लगायत दार्चुलाबाट प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त बैठकले तीनवटा वुदाहरुमा विशेष निर्णयहरु सर्वसहमतिले पारित गरेको  माओवादि केन्द्र दार्चुलाका जिल्ल समन्वय समिति सचिव पदम राज पन्त ले जानकारि दिएकाे छ ।

नेकपा माओवादी केन्द्र को  जिल्ला समन्वय समिति संयोजक मानबहादुर धामी सन्तोष र सचिवमा पदमराज पन्त (प्रेम) लगायत ६१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसहमतिले पारित गरिएको छ भने बैठकले दार्चुला जिल्लाका नौंवटै स्थानीय तहका  इन्चार्जहरुको टुंगो लगाएको छ।

व्याँस गाउँपालिकामा उपेन्द्र कुवर, दुहूँ गाउँपालिकामा विक्रम कुवर, महाकाली नगरपालिकामा दिपक राज जोशी, मालिकार्जुन गाउँपालिकामा पदम राज पन्त (प्रेम), लेकम गाउँपालिकामा राम दत्त जोशी(RD), शैल्यसिखर नगरपालिकामा केशव विक, नौगाड गाउँपालिकामा दलजित सिंह धामी, मार्मा गाउँपालिकामा जमन सिंह धामी (दिव्य),अपि हिमाल गाउँपालिकामा भगत सिंह ठेकरे बोहरा चयन भएका छन ।
आसन्न स्थानिय तहकाे चुनावका लागि  गठबन्धनमा रहेका दलहरुका बीचमा चुनावी तालमेल का लागि मानबहादुर धामी को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समन्वय कार्यदल गठन गरिएको समेत जनाएकाे छ ।
संयोजकमा मानबहादुर धामी (सन्तोष)सदस्यहरु क्रमश जमन सिंह धामी (दिव्य) र पदम राज पन्त (प्रेम) रहेका छन ।

आजकाे बैठकले तीनवटा बुँदामा निर्णय गरेको छ र भोलि जिल्ला समन्वय समितिको बैठक एवम् अगुवा कार्यकर्ता भेला पनि बोलाएको पन्त (प्रेम)ले जानकारी दिनुभएको  छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>