Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १९ गते शनिबार

नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले भनेका छन् : ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक  हो र ?’
नेता रावलले यस्तै कामले नेपाल हेपिने बताएका छन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार ३ दिने भारत भ्रमणमा गएका छन् । भ्रमण सुरु भएकै दिनदेखि प्रधानमन्त्री देउवाले भारतीय राजनीतिक दलका नेता र अधिकारीहरूसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । उनले सो क्रममा भारतीय जनता पार्टीको कार्यालयमा पुगेर सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।   प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच शनिबार भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>