Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १९ गते शनिबार

भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो । सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताए। उनले हिजो आफ्नो रगत, पसिना विदेशीका लागि बगाएका गोर्खाको समूह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताए । उनले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको बताए ।
प्रचण्डले स्थानीय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै नभइ परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरे । उनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका परिवर्तनका एजेण्डाको सूत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरुले मात्रै खान खोज्ने परिपाटीले राजनीतिक स्थिरता कायम हुन नसकेको बताए ।
राईले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरु प्रभावित भएको र आफूहरूको स्वार्थ राष्ट्रको विकास तथा समृद्धिको पक्षमा काम गर्नेबाहेक अरु नभएको बताए । त्यसैगरी राईले आफूहरूको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेका कारणले पनि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>