Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७८ चैत २० गते आइतबार

डडेल्धुरामा आसन्न स्थानिय तह हर्को निर्वाचन मा गठबन्धन गरेर अगाडि जाने निर्णय को स्वागत  ।

अनुप बिक्रम मल्ल-           सत्तागठबन्धले स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरिएको छ । गठबन्धनका दलहरुको बैठकले निर्णयको स्वागत गरेको हो । आईतबार नेपाली काँग्रेस जिल्ला कार्यासमिती उपसभापती एवं कार्यबहाक सभापती दिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्ला स्तरिय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको हो ।

निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचन सम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि बिचार अभिव्यक्ति समेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको काँग्रेसले जनाएको छ ।

काँग्रेस पूर्व सभापती रघुबर भट्ट, वर्तमान उपसभापती लक्ष्मि अवस्थी, सचिवद्धय, नेकपा समाजवादी अध्यक्ष तुलाराम बोहरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेश प्रशाद भट्ट, जनता समाजवादी अध्यक्ष लक्ष्मिकान्त पनेरु, राष्ट्रिय जनमोर्चा सहसचिव टंकप्रशाद अवस्थी लगायत समाजवादीका नेता डा.तारा जोशी, माओवादी नेता मान बहादुर माल लगायतका नेताहरुको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेएको काँग्रेसले जनाएको छ ।

गठबन्धनको निर्णयलाई नमान्नेहरुले पार्टी छोडे पनि हुने र हिम्मत भए स्थानिय तहको निर्वाचनमा उम्मेदवार भएर देखाउनु पर्ने काँग्रेस पूर्व सभापती भट्टले बताए । स्थानिय तहको निर्वाचनमा केन्द्र देखी वडा सम्म गठबन्धन गर्ने सहमती सत्तागठबन्धनको भएकाले आपसी समन्वयमा गठबन्धनलाई सहयोग गर्नु पर्ने नेताहरुको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>