Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २० गते आइतबार

अन्तत: बेतकाेटका मेयर सहित ५ वडा अध्यक्ष समेत दर्जनौं नेताहरु समाजवादि प्रवेश गरेका छन

नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् । 
मेयर चन्दसँगै बेदकोट नगरपालिकाका पाँचवटा वडाका अध्यक्ष पनि प्रवेश गरेका छन,  वडा नम्बर ३ का वडा अध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीर बहादुर डगौरा, ८ का दुर्गा सिंह भन्डारी र १० का वडाअध्यक्ष केशव रावल, कार्यपालिका सदस्यहरु चेतराम कामी, दलबिर टमटा, तारा रैकाल, निर्मला बिस्ट,माया महरा , पिङ्की दमाई एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र रेग्मी र जिल्ला सदस्य देब बहादुर चन्द, जिल्ला कमिटी सल्लाहकार पुजा पौडेल, भानमती खडायत, कर्ण खडायत, केशव रावल,
एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी लगायतका नेताहरु प्रवेश गरेका हुन ।                                          बेदकोट नगरपालिकामा आठ वडा अध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो । एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लडेका थिए । जहाँ उनी पराजित भएका थिए । पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>