Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत २० गते आइतबार

ट्राफिक प्रहरिकाे सक्रियता बढदै, कार्वाहि, जनचेतना देखि जनावर ब्यावस्थान सम्म काम गर्दै ।

ट्राफिक प्रहरी कार्यालय कंचनपुर कंचनपुरमा प्रमुख केशव भट्ट आएपछि सक्रियता बढेकाे छ ।
यश आर्थिक बर्षमा जिल्ला ट्राफिक प्रहरिले नगरपालिकाहरुकाे सहयाेगमा२०० थान ट्राफिक कोण थपेकाे, क्यामरा प्रबिधि सुरु गरेकाे प्रती घन्टा ६० किलाेमिटर भन्दा बढि गतिमा सवारि चलाउदा कार्वाहि हुने, दुर्धटना हुने १५ ठाउमा ट्राफिक संकेत बाेर्ड जडान गरेकाे,
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्लाका २९ वटा बाेर्डहरु जडान गरेकाे, विभिन्न सरोकार वाला संग समन्वय गरी छाडा चौपायाहरुको कारणले बढी सवारी दुर्घटना भई क्षति भएको ठहर गरि ४ पटकमा ८९८ वटा गाईलाई रिफ्ल्याक्टीभ बेल्ट लगाईएको, ३४ पटक १९ सय ६५ जनालाई  विभिन्न ट्राफिक जनचेतनामुलक जानकारी दिएकाे ।

नया सवारी चालक अनुमती पत्र लिने प्रशिक्षार्थीहरु लाई ४ पटक ६७० जनालाई सचेतनामुलक कक्षा  संचालन गरेकाे, महेन्द्रनगर बजारका गल्ली नं. ५ मा अव्यव्यस्थीत पार्कीङ गरी राखेका सवारी साधनहरुलाई पार्कीङ मिलाउनका निमित्त गल्लीमा ५ वटा पार्कीङ बोर्ड र ५ वटा नो पार्कीङ बोर्ड जडान गरिएको।

मा.प.से.गरी सवारी चलाउनाले बढी दुर्घटना भएको हुदा जन्वास्थ्य कार्यालय संग समन्वय गरी प्रिन्टेड मा.प.से मेसिन २ थान माग गरी प्रमाण पुग्ने काम गरिरहेकाे, Hit & Run का घटनाहरु बढेलगत्तै यस कार्यालय तथामातहत समेतबाट नं प्लेटमा झण्डा राखी अथवा नं प्लेट स्पष्ट नराखी चलाएका सवारी साधनहरुलाई ४७६० सवारी साधनहरुलाई सम्झाई बुझाई गरी झण्डा हटाउन लगाईएको र नम्बर लेख्न लगाईएको, काेराेना काे समयमा २ हजार बढि मास्क बितरण गरेकाे जानकारि भट्टले दिएका छन ।

विभिन्न चेकजाचमा ९ हजार ७ सय अठतिस सवारि साधनलाई कार्वाहि गरेर ५३ लाख ८५ हजार राजस्व संकलन गरेकाे जानकारी दिएका समेत दिएका छन ।

सडकमा रहेका छाडा चाैपायाका कारण विभिन्न सचेतनामा लागेर पनि दुर्घटना कम गर्न नसकिएकाे भट्ट बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>