Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २१ गते सोमबार

केन्द्रकाे निर्णय अनुसार कंचनपुरमा पनि गठबन्धन गर्ने दलहरुकाे निर्णय ।

सत्तारुढ गठबन्धनमा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दलहरुले जिल्लामा गठबन्धन गर्ने सहमती गरेका छन । केन्द्रमा सत्तारुढ दलले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।

सत्तामा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको चुनावमा केन्द्रको निर्णय स्वागत गर्दै जिल्लामा पनि तालमेल गरेर जाने सहमती भएको हो ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले गठबन्धन दलको पहिलो बैठकले चुनावमा तालमेल गरेर जाने सहमती भएको बताए । काँग्रेस सभापति पदम बोगटीको अध्यक्षमा बसेको बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक खेम पाण्डे, समाजवादीबाट कञ्चनपुर जिल्ला इन्चार्ज लाल बहादुर खडका र जनमोर्चाबाट जिल्ला अध्यक्ष राम बहादुर कार्की सहितका गठबन्धनका दल आबद्ध थिए ।

गठबन्धन दलका तर्फबाट बैठकमा सहभागि राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले आज पहिलो बैठकमा केन्द्रको निर्णयको स्वागत गरिएको बताए । ‘पहिलो बैठक हामीले काँग्रेस पाटी कार्यालयमा बसेर केन्द्रमा सत्तारुढ दलले गरेका सहमतीको स्वागत गर्दै, आगामी निर्वाचनमा बारे फेरी २३ चैत्रमा बस्ने गरि टुङग्याएका छौँ, ‘उनले भने, ‘आगामी बैठकमा गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्नो विषय राख्दै अघि सिट बाँडफाँट गरिनेछन ।’

बैठकमा सहभागि नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले गठबन्धनका लागि सत्ताधारी दलहरुले तयारी अघि बढाएको बताए । ‘केन्द्रमा गरेको निर्णय जिल्लामा पनि लागु गर्ने बारे छलफल भयो, ‘उनले भने, ‘सहमती गरेर जिल्लाका ९२ वडा र पालिकामा गठबन्धन गर्ने सहमती भयो ।’ नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले पनि स्थानीय तहका लागि केन्द्रबाट गरिएको निर्णय अनुरुप अघि बढ्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>