Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत २२ गते मङ्गलबार

सिमा प्रशासन कार्यालयले खलंगा र छाङरु बाट सेवा दिने ।

हरि प्रसाद जाेशी- व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको छ ।
व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ बर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो । व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाट समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एबं शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो ।

खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् । एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, एक जना सलेप र दुई जना कार्यालय सहयोगी गरी सीमा प्रशासन कार्यालयमा छ जनाको दरबन्दी रहेको शाखा अधिकृत धामीले बताउनुभयो ।

सोमबारदेखि खलंगाबाट सेवा प्रवाह सुरु गरिएको छ । कार्यालय सञ्चालनमा आएको पहिलो दिन सात जनाले पास लिएका छन् । अहिले छाङ्रु र तिङ्करका सौँका समुदाय खलंगामा बसोबाँस गरिरहेका छन, शाखा अधिकृत धामीले भन्नुभयो, उनिहरुले कुञ्चा (बसाँइसराइ) सरेसंगै छाङरु र खलंगा दुबै ठाउँबाट सेवा प्रवाह हुन्छ । विगत लामो समयदेखि सीमा प्रशासन कार्यालय बन्द रहेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका थिए । वैशाखपछि व्यासको छाङबाटै सेवा प्रवाह हुने भएपछि स्थानीय खुसी भएका छन् । विगत छ बर्षमा सीमा प्रशासन कार्यालयमा ताला लागेको भएपनि घरभाडा भने तिर्ने गरिएको थियो।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १३ किलोमिटर तल छाङरुमा रहेको सीमा प्रशासन कार्यालयबाट अब नियमित सेवा प्रवाह हुने शाखा अधिकृत धामीको भनाई छ । व्यासवासीले पटकपटक सीमा प्रशासन सञ्चालनमा आउनुपर्ने माग गरे पनि दार्चुला सदरमुकामबाट कर्मचारी गएका थिएनन, स्थानीय पार्वती तिकंरीले भन्नुभयो, कार्यालय सञ्चालनमा आएको खबर सुनेपछि निकै खुसी लागेको छ ।

सरकारले गत बर्षदेखि व्यासमा सुरक्षा उपस्थिति बढाएको छ । सीमा प्रशासन कार्यालय समेत सञ्चालनमा आउने भएपछि स्थानीयलाई सहज हुने भएको छ । चिसो छल्न स्थानीयहरु अहिले बेँसी झरेको कारण सीमा कार्यालयमा कोही कर्मचारी नरहेको र कुञ्चा लगत्तै कर्मचारी कार्यालयमा हाजिर हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाहिरका मानिसहरुलाई पास जारी गर्नुपर्ने र व्यास क्षेत्रका नागरिक समेत खलंगा क्षेत्रमा बसोवास गर्ने भएकाले छाङरुको सीमा प्रशासनको कामकाज खलंगाबाट समेत निरन्तर हुने शाखा अधिकृत धामीले बताउनुभयो । छाङरुमै गएर सेवा दिदा खलंगाका स्थानीयवासीलाइ छाङरु पुगेर सेवा लिन कठिन हुने भएकोले दुबै ठाउँबाट सेवा प्रवाह गर्न लागिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>