Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २२ गते मङ्गलबार

भिमदत्तनगरमा गठबन्धन नगर्ने काग्रेस नगर समितिकाे निर्णय

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले कुनैपनि दल संग गठबन्धन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको नगर कमिटिको पुर्ण बैठकले स्थानीय निर्वाचनमा भीमदत्तमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

नगर सभापती अच्युतराज कलौनीले गठबन्धन कसरी गर्ने भन्ने बिषयमा बैठक बसेकाे र  भीमदत्तनगर समितका समिति का सबैजसाे पदाधिकारिले गठबन्धन नगरि निर्वाचनमा जानुपर्ने राय अाएका कारण चुनावी गठबन्धन नगर्ने निर्णय भएको बताए ।

कञ्चनपुरमा सोमबार मात्रै गठबन्धनले सबै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर नगर कमिटिले यस्तो निर्णय गरेपछि कांग्रेस र गठबन्धनमा संसय पैदा भएको छ ।

‘भीमदत्तमा कांग्रेस आफैमा बलियो छ, एक्लै चुनाव सक्षम छौँ ।’ सभापती कलौनीले भने ‘गठबन्धन गर्दा कांग्रसीजनमाथि घात हुन्छ, पार्टीलाई दिर्घकालमा कमजोर बनाउन दिदैनौँ ।’

नगर कमिटिको निर्णय नमाने पार्टी भित्रै विद्रोह गर्ने समेत उनले चेतावनी समेत दिए । नगर कमिटिको निर्णय पार्टीले मान्नेमा हामी सय प्रतिशत ढुक्क छौँ ।’ उनले भने ‘गठबन्धनमा कांग्रेसले प्रमुख पाउने सहमती भएपनि हामी त्यो निर्णय मान्दैँनौ, कांग्रेस बाहेक बाहिर भोट हाल्दैनौ ।’
याे बिषयमा पार्टिमा आफुभन्दा माथिल्लाे तहमा जानकारी पठाएकाे कलाैनिले समृद्धि पाेष्टलाई जानकारी दिनुभयाे।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>