बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले देवराज जोशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पार्टीको गाउँपालिका कार्यसमितिले सर्वसम्मत रुपमा जोशीलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टले बताए । पार्टीभित्र व्यापक छलफल र बहसपछि जोशीलाई उम्मेद्वार बनाउने निर्णय भएको उनले बताए ।
जोशी नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका सचिव समेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा लागेका जोशीले दोगडाकेदारको समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया