Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २६ गते शनिबार

संबिधानकाे मर्म बिपरित सुदूरपश्चिम सरकार ।

सुदूरपश्चिम प्रदेश सरकारको शुक्रवार गरिएको मन्त्री परिषद् पुर्नरगठनबाट सरकारमा महिला सहभागिता पनि न्यून देखिएको छ । 

नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ३ जना मन्त्री र ३ राज्यमन्त्री गरी ६ जना मन्त्री बाहिरिएका छन् । भने २ जना मन्त्री नेपाली काङ्ग्रेसबाट र एक जना नेकपा समाजवादी बाट सरकारमा सहभागी भएका छन् । त्यस्तै, २ जना समाजवादी बाट र एक जना नेपाली काङ्ग्रेसबाट  राज्य मन्त्री पनि सुदूरपश्चिम प्रदेश सरकारमा  सहभागी भएका छन् । 

सरकारबाट बाहिरिनेमा एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद रहेका छन् ।

त्यस्तै, उनीहरूको स्थानमा प्रदेश सरकारमा काँग्रेसका तर्फबाट काँग्रेस प्रदेश काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहरा सामाजिक विकास मन्त्री र आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल लाई प्रदेश प्रमुख जोशीले शपथ ग्रहण गराएका छन् । भने नेपाली काँग्रेसका तर्फबाट टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री, एकीकृत समाजवादीबाट कुलवीर चौधरी भौतिक पूर्वाधार राज्यमन्त्री  र समाजवादीकै अमर साउद लाई आर्थिक मामिला राज्यमन्त्रीका रूपमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराएका छन् ।
संविधानमै महिलाको सहभागिता ३३  प्रतिशत हुनुपर्ने व्यवस्था भए पनि सुदूरपश्चिम प्रदेश सरकारमा महिला मन्त्रीका नाममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी बाहेक अन्य कुनै पनि महिला सांसद मन्त्री छैनन् । 

यो समीकरण हेर्दा प्रदेश सरकारको मन्त्री हेरफेरका क्रममा सुदूरपश्चिम प्रदेश सरकारमा महिला नेत्रीहरू लाई पछाडि पारेको देखिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>