Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २९ गते मङ्गलबार

नेपाल उद्योग वाणिज्य महासंघले संस्थाको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त भएका छन्। अवस्थी यसअघि महासंघमा उपमहानिर्देशकका रुपमा कार्यरत थिए। 

महासंघको चैत्र २७ मा सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। 

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन्। 

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार अवस्थीले यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादकका रुपमा पनि काम गरेका थिए। करिब दुई दशक आर्थिक पत्रकारिता गरेका अवस्थीसँग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यकोसल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ। 

नवनियुक्त महानिर्देशक अवस्थीसंग उद्योग, वाणिज्यसहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुभव रहेको महासंगले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ। उनको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>