Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ०३ गते शनिबार

वनकाे आगाेले जल्याे घर
साङ्केतिक तस्बिर

वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेका छन् । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेका हुन् ।  कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार  रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्ष्ति भएको छ । 

गाईवस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका–५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेका छन् । बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>