बझाङमा जिप दुर्घटना हुँदा खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । खडक बाेहरा बझाङ्ग काग्रेसका जिल्ला सभापति हुन उनकाे अवस्था भने सामान्य छ ।
बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो ।
उक्त जिपमा बोहरा परिवार सवार थिए । दुर्घनामा सभापतिका छोरा विनोदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
उनका अनुसार जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ बर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० बर्षीया सिन्की बोहरा गरी ३ जना घाइते भएका छन् ।
घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने, अन्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार गएराति १२ :४० बजे जिप दुर्घटना भएको थियो। जिपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । ६ जनाको अवस्था सामान्य छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया