Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०४ गते आइतबार

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस मानबिकि विभाग प्रमुख र प्रिन्सिपल कार्यालयमा तालाबन्दी

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा वि ए एल एल बि अध्यनरत विद्यार्थीहरूले मानविकी तथा समाजशास्त्र विभागको प्रशासन र प्रिन्सिपलको कार्यलयमा आईतबार तालबन्दी गरेका छन । कानुन संकाय अन्तर्गतको BALLB को परीक्षामा लेखाईको माध्यम नेपाली – अङ्ग्रेजी दुवै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन । विश्वविद्यालयको बि ए एल एल बि कार्यक्रम सञ्चालन गर्नका लागि अंग्रजी माध्यम मात्रै हुनु पर्छ भनेर कुनै पनि कार्यबिधि नबनेको भए पनि क्याम्पस प्रशासनले अनिवार्य अंग्रजी माध्यम नै हुनुपर्ने धारणा राख्दै आएको छ ।

यो विषयमा विगत देखि बि ए एल एल बि दोस्रो सेमेस्टरमा विद्यार्थीले निरन्तर क्याम्पस प्रशासन र डिन कार्यलयसंग छलफल समन्वय गर्दा पनि प्रशासनले कुनै जफाबदेहिता नदेखाई बेवास्ता गरी उल्टै मनोमानी ढंगले विद्यार्थीलाई मर्कामा राख्न खोजेको विद्यार्थीको आरोप छ । आज (वैशाख ४) बाट क्याम्पस प्रशासनले अंग्रजी माध्यमबाट मात्रै लेख्ने गरी मध्यसत्र परीक्षाको समय तालिका थियो सो परीक्षालाई बि ए एल एल बि का विद्यार्थीहरुले बहिस्कार समेत गरेका छन । विद्यार्थीहरुले पढाइको माध्यम (नेपाली,अंग्रजी) जुनसुकै भए पनि परीक्षामा लेख्ने माध्यम दुइटै हुनुपर्ने माग राखेका छन । नेपालको कानुन पढाइ हुने मध्यपश्चिम विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा पनि बिए एल एल बि (अंग्रजी,नेपाली) दुवै माध्यमबाट लेख्न मिल्ने कानुनी प्रावधान रहेको छ ।

कानुनका विद्यार्थीहरुको उक्त मागलाई सम्बोधन हुनुपर्ने भन्दै सुदुरपश्चिम विश्वविद्यालय भित्र क्रियाशील रहेका पाँच विद्यार्थी संगठनहरुले समर्थन गर्दै कानुन संकाय डिन कार्यालय लाई ज्ञापन पत्र बुझाएका उक्त थिए सो पश्चात डिन कार्यालयले वार्तामा बोलाएको थियो उक्त वार्ता पनि निष्कर्ष विहिन रहेको विद्यार्थी संगठनका प्रतिनिधिहरू बताउँछन् । संयुक्त संगठनको बैठक वार्ताका लागि अर्को पटक बस्ने भने पनि अहिले सम्म बसेको छैन ।

आफूहरुको माग लाई सम्बोधन नगरे आन्दोलनलाई थप आक्रामक बनाउने बिए एल एल बि अध्यनरत विद्यार्थीहरूको धारणा छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>