मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले भीमदत्त नगरपालिकाका सम्वद्ध अधिकारीहरुलाई तत्काल निलम्बनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्यकोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पुर्याएको दाबीसहित सोमबार हुलाकमार्फत् आयोगमा उजुरी दिएका हुन् ।
उजुरीमा भण्डारीले लेखेका छन्– आर्थिक वर्ष २०७७/०७८ को महाकाली नदी रोयल्टी ठेक्कामा भवानी कन्सट्रक्सनले मूअकबाहेक रु. ५,४०,००,०००।– मा ठेक्का कबोल गरेपनि नगरपालिकाले मूअकबाहेक ३,५२,६९,३७२।७० मा मात्रै सम्झौता गरेकोमा सो ठेकेदार कम्पनीले मूअकबाहेक जम्मा रु. २,७६,९७,४१६।९८ मात्र भुक्तान गरेपछि सो कम्पनीको बैंक ग्यारेन्टीसमेत फुकुवा गरेर राज्य कोषमा मूअकबाहेक रु. ३,३३,२२,५८३।– नोक्सानी गरेको देखिन्छ ।
भण्डारीले उजुरीमैं हालसालै कैलालीको मोहन्याल गाउँपालिकामा यस्तै प्रकृतिको नोक्सानी गरिएको खुलासा भएपछि आयोगले संलग्न सबैलाई तत्काल निलम्बन गरेको नजिरलाई आधार मानेर भीमदत्त नगरपालिकामा पनि कारवाही गरिदिन अनुरोध पनि गरेका छन् ।
यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया