Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख ०५ गते सोमबार

सुदूरपश्चिमका भाषाकाे अवस्थावारे विश्व विद्यालयमा छलफल

सुदूरपश्चिमका भाषाको अवस्थावारे एक कार्यक्रमका बिच छलफल भएको छ।

सोमबार सुदूरपश्चिम विश्वविद्यालय, भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिश्चन्द्र भट्टकाे सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिमका भाषाकाे अवस्थावारे छलफल गरिएको विश्वविद्यालय ,भाषा ,साहित्य तथा संकृतिक अध्ययन केन्द्रका निर्देशक डा. भट्टले बताउनु भयो।

उनका अनुसार भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी लाई स्वागत गर्दै भाषा आयोग र भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रविच आपसी साझेदारीमा कार्यक्रम गर्ने भन्ने बारेमा माैखिक सहमति भएको छ। उनले भने, ‘आगामी निकट भविष्यमा सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्र र भाषा आयोगविच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।’

सुदूरपश्चिमका भाषाकाे अवस्थावारे छलफल कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा समामाजिक शास्त्र संकायका डिन प्राध्यापक डा. मुकुन्द कलौनी, शिक्षा शास्त्र संकायका सहायक डिन मनद सिह देउँवा व्यवस्थापन संकायका डिन प्राध्यापक मदन राज जोशी सहायक डिन हरीशंकर पन्त, पाठयक्रम निर्देशक राजेन्द्र भट्ट उपप्राध्यापक खगेन्द्र राज जोशी ,पृत बहादुर विष्ट प्रशासकीय अधिकृत विष्णु प्रसाद भट्ट र हेड असिटेन्ट ईश्वरी जोशीको उपस्थित रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>