Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०७ गते बुधबार

प्रेस सेन्टर कञ्चनपुरले स्थानिय चुनाव केन्द्रित विभिन्न कार्यक्रमहरु गर्ने भएको । स्थानिय चुनावमा पार्टी निकट तथा पार्टीले गठबन्धन गरेका स्थानहरुमा गठबन्धनका उमेदवारहरुलाई विजय गराउन बुधबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समितिका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको हो । 
प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राम सिंह ठगुन्नाको प्रमुख आथित्यतामा बसेको बैठकमा प्रमुख अतिथि ठगुन्नाले जिल्लामा रहेका प्रेस सेन्टर आबद्ध सबैलाई संगठन र पार्टीको निति तथा आन्तरिक रणनिति अनुसार लाग्न निर्देशन दिनुभएको छ । 
आसन्न स्थानिय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीं(माओवादी केन्द्र)का उमेदवारहरुई विजय गराउन पे्रस सेन्टरले विभिन्न रणनितिहरु तयार पारेको छ । बुधबार महेन्द्रनगरमा भएको बैठकमा प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टले चुनाव केन्द्रित संगठनले गर्ने योजना तथा केन्द्रिय समितिले निर्देशन गरेका विस्तृत योजनाहरु प्रस्तुत गर्नु भएको छ । 
चुनाव तथा पार्टी नेता र उमेदवारलाई सहयोग पुग्ने तथा आम जनता सम्म सशक्त रुपमा पार्टीका सुचना र जानकारीहरु पुग्ने विभिन्न रणनितिक योजनामाथि भएको छलफलले योजना कार्यान्वयनका लागि विभिन्न निर्णय गरेको छ । कञ्चनपुरका सबै स्थानिय तहरुमा प्रेस सेन्टरका पदाधिकारीहरुलाई विभिन्न योजना सहित जिम्मेवारी समेत तोकीएको छ । कञ्चनपुरका ९ पालिका मध्येमा दुई पालिका प्रमुख सहितका अधिकाशं वडाहरुमा विजयी भएको नेकपा (माओवादी केन्द्र)लाई आसन्न चुनावमा थप पालिका सहित वडाहरुमा विजयी गराउन केही महत्वपुर्ण तथ्य सहित प्रेस सेन्टरले अहम भुमिका निर्वाह गर्न सक्ने दाबी प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष भट्टले गर्नु भएको छ ।
बैशाख ३० गते शुक्रबर हुने स्थानिय निकायको चुनावकालागि सरकार र राजनितिक दलहरुको सक्रियता बढेको छ । कञ्चनपुरमा पनि सबै दलहरुले आफ्ना उमेदवार चयनको कार्य गरिरहेका छन । साथै नेकपा (माओवादी केन्द) ले चुनावी गठबन्धन गर्ने गरी अन्य राजनितिक दलहरु संगको छलफल जारी राखेको छ । नेकपा (माओवादी केन्द्र)ले गठबन्धनमा तालमेल हुन नसके छुट्टा–छुट्टै चुनाव लडन तयार रहेको बताएको छ । कञ्चनपुर स्थित सत्ता गठबन्धनका राजनितिक दलबिच चुनावी तालमेल हुन नसके पछि थप छलफल र तालमेलका लागि प्रदेश पठाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>