Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०९ गते शुक्रबार

नेपाल भारत सुरक्षा अधिकारी बैठक महेन्द्रनगरमा चुनाब लगायत छलफल ।

स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर नेपाल र भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले शुक्रवार महेन्द्रनगरमा छलफल गरेका छन् । उक्त अवसरमा बैशाख ३० गते हुने चुनावका लागि कञ्चनपुरको नेपाल–भारत सीमा नाका ४८ घण्टा अघिदेखि बन्द गर्ने र अपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी स्वरुप सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरुको वैठक बसेको छलफलमा सहभागी कंचनपुर प्रहरि प्रमुख प्रहरि बरिष्ट उपरिक्षक श्याम प्रसाद चाैधरिले जानकारी दिए ।

निर्वाचनका बेला सीमा क्षेत्रमा आवश्यक सुरक्षासँगै नाका बन्द गर्ने विषयमा पनि छलफल र सहमति भएको थियो । नाका बन्द भएका बेला बिरामी तथा अत्यावश्यक कामका लागि आउजाउ गर्नेलाई भने रोकटोक गरिने छैन । 

बैठकमा सीमा नाकामा आवागमनमा हुने समस्यादेखि मानव बेचविखन तथा ओसारपसार, तस्करी र वन्यजन्तुका आखेटोपहार ओसारपसार लगायतको नियन्त्रणका लागि समन्वय तथा सुचना आदानप्रदानका विषयमा छलफल भएको छ । 

कञ्चनपुरसंगै भारततर्फ उत्तरप्रदेशको पिलिभित तथा उत्तराखण्डका उद्यमसिंहनगर र चम्पावत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा उपस्थिति रहेको थियो । बैठकमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरीका डिआइजी दुर्गा भट्टराई, तथा भारत उत्तराखण्डको कुमाउ रेञ्जका डिआइजी निलेश आनन्द भरणेलगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>