कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर चढेकाे जिपको ठक्करबाट माेटरसाईकल सवार दुई जना घाइते भएका छन् ।
शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।
जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।
‘दुबै जनालाई उपचारका लागि धनगढी पठाएका छौं,’ उनले भने, ‘मोटरसाइकल र जिप नियन्त्रणमा लिएका छौं, चालक भनेर फरार छन् ।’ जीपमा एमालेका सांसद दिपकप्रकाश भट्ट, निरुदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सवार थिए ।
‘गाडीमा सांसद र मेयरलगायत थिए भन्ने बुझिएको छ,’ उनले भने, ‘हामी सीसीटीभी फुटेज पनि हेर्छौ, चालकको खोजी भइरहेको छ ।’ उक्त सरकारी जिपलाई निरु पालले प्रयोग गर्दै आएको बुझिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया