Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २२ गते बिहिबार

पर्बतकी दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार बाट पुरस्कृत

पर्बत निबासी  दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भइ उत्कृस्ट अभियन्ता को लिस्ट मा दर्ज हुनुभएको छ । 


वि.स. 2056 साल जेष्ठ महिनाको 20 गते वशन्तमय समयमा जलजला गाउँ  पालिका वाड नम्बर 7 पर्वतमा बाबा जीवन्धर पाध्या र आमा सीता कुमारी आचार्यको परिवारमा एक दाइ र एक दिदी पछि कान्छो सन्तानको रुपमा जन्म भएको उहाँ  साच्चै नै राष्ट्रको वसन्त बन्न सफल हुनु भएको छ । उहाँको विद्यालय शिक्षा गाउँकै सरकारी विद्यालय मा भएको र त्यसपछि उच्च  शिक्षा पोखरा , भारत हुँदै हाल नेपालमै  आइटी विषयमा  अध्ययनरत हुनुहुन्छ । विद्यालय शिक्षामा कहिल्यै पनि दोस्रो  स्थानमा आफुलाई नराख्नु भएकी उहाँ  समाजका विकृति  र विसङगति सुधार्ने र सुचनाको मौलिक हकलाई नागरिक समक्ष पुर्याइ ससक्त चेतना फैलाउने कार्यमा पनि देशकै कान्छी पुरस्कृत  सुचना अभियान्ता हुनुहुन्छ त्यो बाल मनोविज्ञान मस्तिष्क बाटै समाज परिवर्तनको लागि केही गर्नु पर्छ भन्ने उत्कट भावनाले अोत प्रोत उहाँलाई सुचनाको हकको बारेमा लाग्न अभीप्ररेणा दिने गण्डकी  प्रदेशका  एक विशिष्ट व्यक्तित्व दिपक आचार्यले अतुलनीय सहयोग गर्नु भएको छ उहाँका  कारण  हाम्रो 753 वटै स्थानीय  निकायमा सुचना अधिकारी तोक्ने लगायत सुचनाको हकका लागि विभिन्न  कार्यलयमा सुचनाको हक स्थापित हुन सहयोग पुगेको छ । आज एक समारोहका बिच राष्ट्रिय  सुचना आयोगले गरेको कार्यक्रममा हालका उपराष्ट्रपति नन्द किशोर पुनबाट उत्कृष्ट अभियान्ताको पुरस्कार प्रदान गरिएको छ । नगद सहित प्रमाण पत्र र खादाले सम्मान गर्ने उक्त  कार्यक्रममा गण्डकी प्रदेशमै पहिलो महिला र नेपालमै सबै भन्दा कान्छी उमेरकी सुचना अभियान्ता उहाँ रहनु भएको छ । नेपालको संविधानले मौलिक हकको  रुपमा स्थापित गरेको सुचनाको हक पाउने अधिकार धारा 27 को सफल कार्यन्वयन गराउन विभिन्न सरकारी र गैरसरकारी निकायमा गरि 1000 भन्दा बढी सुचनाको माग गरेको कारण विभिन्न  निकायले सुचना नागरिकलाई दिनु पर्छ भन्ने मान्यता पछिल्लो  समय स्थापित भएको छ । उहाँको सुचनाको हकलाई नागरिक समक्ष पुर्याउने अतुलनीय देनलाई राष्ट्रिय सुचना आयोगले विनय कसजु उत्कृष्ट  सुचना अभियान्ता को रुपमा पुरस्कृत गरेको छ।।।



राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट ५ जना सूचना अधिकारीलाई सूचना  अभियन्ता दुर्गा आचार्यलाइ  पुरस्कृत गरेको छ । आयोगले आफ्नो स्थापना दिवसको अवसर पारेर

५ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पनि पुरस्कृत गरेको  हो । आज आयोगले आफ्नो स्थापना दिवस मनाउँदै  विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट पर्वतकि  दुर्गा आचार्य लाई पुरस्कृत गरेको हो ।

यस्तै आयोगले उत्कृष्ट सूचना अधिकारी पुरस्कारका रुपमा ५ जना सरकारी कर्मचारीहरुलाई पनि पुरस्कृत गरेको  छ । सूचना मागकर्ताले माग गरेको सूचना र त्यस्को गम्भीर्यताका आधारमा उपलव्ध गराएको सूचना र सोको मुल्यांकन गरी देशैभरीबाट उत्कृष्ट सूचना अधिकारीका रुपमा चौदण्डीगढी नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदार,व्यास नगरपालिकाको निबर्तमान सूचना अधिकारी गोकर्णराज वाग्ले,जिसस बाग्लुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा,कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी इन्जिनियर निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्याल लाई पुरस्कृत गरेको हो ।


यस्तै आयोगले आफ्नै कार्यलयका उपसचिव विश्वबन्धु पौडेल,शाखा अधिकृत डिल्लीराम भट्ट र नासु हेमन्त रिजाललाई उत्कृष्ट कर्मचारी ०७९ बाट पुरस्कृत गरेको छ । 


उपराष्टपति भवन मा भएको कार्यक्रम मा उपराष्टपति नन्दकिशोर पुन प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचनाको हकका लागि राष्ट्रिय महासंघ का केन्द्रीय अध्यक्ष उमिद बागचन्द बोल्नुभएको थियो । भने पुरस्कार उपराष्टपति को हातबाट बितरण भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>