पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका–४ स्थित ट्राफिक चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक उमेश बहादुर चन्दका अनुसार मोटरसाइकलको ठक्करले भीमदत्त नगरपालिका–६ ऐठपुरका ५० वर्षीय टीका भट्ट घाइते भएका हुन ।
भट्टले चलाइरहेको म २ प ७०७७ नम्बरको मोटरसाइकललाई सु.प.प्र ०२००३ प ७३९७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल चालक अभिषेक शाह र सोही मोटरसाइकलमा सवार भोजराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परी घाइते भएका भट्टको खुट्टामा गम्भिर चोट लागेको छ । उनको अहिले मन्त्र हस्पिटलमा उपचार भइरहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया