Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुर्ण युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।

ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक  (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा अवकाशमा गएको करिब डेढ महिना भैसकेको छ । तर, गृह मन्त्रालयले सो युनिटको प्रमुखमा कसैलाई पठाएको छैन् । 
लागू औषध नियन्त्रण ब्यूरोमा कुनै बेला प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले कमाण्ड गरेका थिए ।प्रहरी नियमावली अनुसार एसएसपी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ । मन्त्रालयले डेढ महिनादेखि ब्यूरोमा एसएसपी खटाउन सकेको छैन् । ब्यूरोमा जान कसैले चासो समेत नदेखाएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>