Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
कञ्चनपुर
२०७९ बैशाख २६ गते सोमबार

सुदूरपश्चिम प्रदेशमा २ अर्व ६३ करोड लगानिमा पहिलो केबलकारको काम अगी बढदै

सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका१३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।

कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकारका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरीप्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण योभेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।आयोजनालेगरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ ।


कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ ।केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ ।तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ । केबलकारमा कुल १५ वटा टावर रहने छन् । आयोजनालेवातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । आयोजनाकोनिर्माण अवधि ३ वर्ष तोकिएको छ । कुल १४.९१ हेक्टर जमिनमा आयोजना बन्ने भएको छ । केबलकार परियोजना संचालनमाआएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ । आयोजनाका अनुसार केबलकार रहोटेलसमेत गरि कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ ।

तल्लो र माथिल्लो दुवै स्टेसनमा होटेल रहने- आयोजनाका अनुसार केबलकारसँग तल्लो र माथिल्लो स्टेसनमा होटेलको सुविधा समेतरहने छ । माथिल्लो स्टेशनमा ६ तले र तल्लो स्टेशनमा ५ तले होटेल रहने गरी आयोजनाले प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्तावअनुसार तल्लो स्टेशनमा १ सय कोठा र १६० शैयाको होटेलको प्रस्ताव गरिएको छ ।सम्मेलन हलदेखि अन्य सुविधाहरुसहितको होटेलसमेत यस क्षेत्रमा बनाउने गरी आयोजनाले प्रस्ताव गरेको छ । तल्लो स्टेशनमा ५० कोठा र ७५ शैयाको होटेल बनाउने गरी आयोजनालेप्रस्ताव गरेको छ । केबलकारको माथिल्लो स्टेसनमा भ्यूटावर समेत राखेर दृष्यावलोकनको व्यवस्था गरिने आयोजनाको भनाई छ।प्रस्तावित आयोजना काठमाडौंबाट ५७४ किलोमिटर र नजिकको विमानस्थल धनगढीबाट ७२ किलोमिटरको दूरीमा रहेको छ ।पूर्वपश्चिम राजमार्गबाट ५ सय मिटर दूरीमा आयोजनाको तल्लो स्टेशन पुग्न सकिन्छ । तल्लो स्टेशनसम्म कालोपत्र सडक रहेका कारणसमेत पहुँच सहज हुने वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

झण्डै एक दर्जन पुग्दैछन् केबलकार- नेपालमा अहिले कुल चार वटा केबलकार परियोजना संचालनमा आइसकेका छन् । सञ्चालनमाआएका र प्रस्तावित आयोजना गरी केबलकारको संख्या करीव एक दर्जन हाराहारी छन् । नेपालमा पहिलो केबलकार परियोजनामनकामना हो । दोस्रो परियोजना चन्द्रागिरी हो । तेस्रो आयोजना कालिञ्चोक र चौथो आयोजना पोखरा-सराङकोट केबलकार हो ।निर्माणको प्रक्रिया अगाडि बढेका आयोजनामा मुक्तिनाथ, सिक्लेस , बन्दिपुर,मौलाकालिका केबलकार लगायत छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>