Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
कञ्चनपुर
२०७९ बैशाख २७ गते मङ्गलबार

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ। मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडिमतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ।

निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउनआयोगले आग्रह गरेको छ।सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र,पोष्ट हटाउन आयोगले भनेको छ।नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। 

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल,अन्तरक्रिया,सभा-सम्मेलन,कार्यशाला, गोष्ठी गर्न नहुने 

-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

-मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको       ३०० मिटर वरिपरी राखिएका आआफ्ना               निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्रीहटाएको हुनुपर्ने 

-एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत 

मत माग्न र निर्वाचन प्रचारप्रसार गर्ननहुने -मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन      वा प्रसारण गर्न नहुने

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>