Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
२०७९ बैशाख २९ गते बिहिबार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन लिएर आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गरेको आयोगमा जानकारी गराउनेछन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले  भने ।
आयोगले ती टोलीलाई तुलनात्मक रूपमा संवेदनशील मानिएका स्थानमा खटाएको हो । अनुगमन टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्ता घटना भएको पाइए वा देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>