Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
कञ्चनपुर
२०७९ बैशाख ३० गते शुक्रबार

प्रहरी र म्यादीले ह्वील चेयर प्रयोग गर्न नदिएपछी, घिस्रिएर गई भोट हाले
तस्विर शिलापत्र

नेपालगञ्ज उपमहानगरपालिका-२० स्थित आदर्श मावि राँझा मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरूले घिस्रिएर गएर मतदान गरेका छन् ।
मतदान केन्द्रभित्र ह्वील चेयर प्रयोग गर्न नदिइएपछि उनीहरूले निकै कष्टका साथ मतदान गर्नुपरेको हो । नयाँ बस्तीका फागुराम चौधरीले गेटबाट भित्र ह्वील चेयर ल्याउन नदिँदा घिस्रिएर गएर मतदान गर्नुपरेको बताए । ‘पुलिसले ह्वील चेयर भित्र छिराउनै दिइएन । भित्र पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै व्यवस्था केही थिएन । घिस्रिएर लाइनमै बस्नुपर्‍यो,’ उनले भने, ‘मतदान गर्ने ठाउँ पुग्दा हात पूरै हिलो थियो । भोट हाल्ने टेबुल पनि अग्लो थियो । आफैँले भोट हाल्न नमिलेपछि सहयोगीले भोट हालिदिए ।’
मतदान केन्द्रमा महिला र पुरुषपछि अन्यको लाइनको पनि व्यवस्था छ । तर, सुरक्षामा खटिएका म्यादी र प्रहरीले त्यो लाइन प्रयोग गर्न नदिएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । लालबहादुर परियार शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । उनको एउटा खुट्टा कमजोर छ । त्यसैले वैशाखीको सहायतामा हिँड्छन् । उनले १ घण्टा लाइनमा बसेर पालो आएपछि मतदान गरेको बताए । ‘कुरै नबुझ्ने पुलिस र मतदान अधिकृत खटाएको रै'छ । हाम्रो कुनै सुनुवाइ नै भएन । यसपटक बडो दुःखसित भोट हालियो,’ परियारले भने ।
घिस्रिएर भोट दिएका मतदाता चौधरीले चुनावका बेला भोट माग्न आउनेहरूले विकास निर्माणका अनेक सपना बाँडे पनि अपाङ्गता भएका व्यक्तिका लागि कुनै प्रतिबद्धता नजनाएको बताए । ‘हाम्रो हालत कस्तो छ भन्ने त आज भोट हाल्दा नै देखियो नि,’ उनले भने ।
अधिकारकर्मी सीता बोहोरा अपाङ्गता भएका मतदाताप्रति मतदान केन्द्रमा संवेदनशीलता नदेखिएको बताउँछिन् । आफूहरूले आग्रह गर्दा पनि सहज बनाउन नखोजिएको गुनासो गर्दै उनले भनिन्, ‘मतदान अधिकृतलाई भन्दा मतदान गर्ने ठाउँ पुगेपछि मात्र आफूहरूले व्यवस्थापन गर्ने बताए । बाहिर प्रहरीसँग समन्वय गर्न भनिएको थियो । तर, अपाङ्गता भएकाहरूलाई सहज मतदानको वातावरण बनाइएन ।’

शिलापत्रबाटhttps://youtube.com/shorts/8ebBI3TiaGU?feature=share

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>