पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका अर्जुनी ब्यारेक नजिक जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार शुक्रबार साझ म २ प ६८३३ नम्बरको मोटरसाइकललाई से १ च ४४८ नम्बरको जिपले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा बेदकोट– ५ धरमपुरका गणेश बम र १८ वर्षीय भुपेश बम छन् । उनीहरु दाजुभाइ भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि जिपचालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ का ३७ वर्षीय श्रीराम रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया