कैलाली, गौरीगङ्गा नगरपालिका ९ मसुरिया स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रतिक्षालय शनिबार हस्तान्तरण गरिएको छ । महालक्ष्मी बिकास बैंक मसुरिया शाखाको आर्थिक सहयोग निर्माण भएको प्रतिक्षालय उद्घाटन तथा हस्तान्तरण गरिएको हो । बैंकको २८ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य चौकीमा व्यवस्थापन समितिका अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीलाई बैंकका शाखा प्रबन्धक पदम बहादुर कडायतले हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको चापलाई मध्यनजर गरेर ५० हजारको लागतमा प्रतिक्षालय निर्माण गरि हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक कठायतले जानकारी दिएका छन् ।
स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्तले संचालन गरेको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष पवन कुमारी बोगटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया