 
                    कैलालीको गोदावरी नगरपालिकाका तत्कालिन प्रशासकिय अधिकृत खेमराज बिष्ट र देवराज जोशीलगायतका ७ जना कर्मचारीबिरुद्ध शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बिष्ट, जोशी, इन्जिनियर, सव इन्जिनियरसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।
बिभिन्न निर्माण व्यवसायीले कार्य सम्पादन गरेका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण , व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँच बाट निर्धारित शर्त तथा मापदण्ड बिपरित गराईएकाे निरमाण कार्य गराईएकाे भनी पेश गरिएकाे प्रतिबेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत बिष्ट र जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानि नोक्सानीमा संलग्न रहेको अख्तियारको दाबी छ।
‘इन्जिनियर र सब इन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङकन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई सरकारलाई हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको छ,' अख्तियारले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा गरेको बिज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकाे छ   ।                 

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
            मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >> 
            मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया