Samriddhipost
२०८२ बैशाख २३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १४ गते शुक्रबार

बेल्डाडी गाउँपालिकाले छाेरि जन्मिदा ३ हजार दिने । पहिलाे बैठकका निर्णय यस्ता छन ।

बेल्डाडी गाउपालिकाकाे पहिलाे कार्यालिका बैठक शुक्रबार  बसेकाे छ । बैठकले दर्जन जति निर्णयहरु गरेका छन ।

पालिकाले  छाेरि जन्मिदा रु तीन हजार दिने देखि स्थानिय धार्मिक स्थलहरुलाइ बार्षिक खर्च दिने सम्मका निर्णय भएका छन ।

यस्तै पालिकाले विज्ञान विद्यालय सञ्चालन गर्न, बहु प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक तह सम्म गुणस्तरीय शिक्षा निःशुल्क बनाउन योजना एवं कार्यविधि तयार गर्ने,  भूमीहीन, हलिया, मुक्त कमैया, आरक्ष पिडित र अव्यवस्थित बसोबासको वस्तुपरक तथ्यांक संकलन गरी निस्सा वितरण गर्ने, जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरेकाे छ ।

यस्तै पञ्च बर्षिय एकिकृत गुरु योजना निर्माण गर्ने, समृद्धि आयोजना सञ्चालन गर्ने, विषयगत समितिहरु निर्माण गर्ने, सल्लाहकार परिषद गठन गर्ने, विपन्न लक्षित कार्य योजना निर्माण गर्ने, किसान क्लबहरु निर्माण गर्ने, ईलम विकास केन्द्र सञ्चालन गर्ने, गरिब संग बि.पि. कार्यक्रम सञ्चालन गर्ने, बालिका जन्मेमा प्रोत्साहन भत्ता स्वरुप रु. ३००० (तिन हजार) दिने निर्णय गरेकाे छ ।

यस्तै विपन्न गरिब, लक्षित वर्ग, मुक्त कमैया, कमलरी, एकल महिलालाई ३० यूनिट सम्म विद्युत महशुल निःशुल्क र अति विपन्न, असहाय, जेष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाहरुलाई गाउँपालिका भित्र एम्बुलेन्स सेवा निःशुल्क तथा पालिका बाहिर ५० प्रतिशत निःशुल्क गर्ने निर्णय गरेकाे छ ।स्थानिय सुरक्षा ऐन, शिक्षा कार्यविधि तत्काल निर्माण गर्ने, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली तयार गर्ने, आ.ब. २०७४/०७५ देखी २०७८/०७९ सम्म गाउँपालिकाको समिक्षा, परिक्षण र नियमन गर्ने निर्णय गरेकाे छ ।

यस्तै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, नियमित स्वास्थ्य परिक्षण
कार्यक्रमलाई प्राथमिकिकरण गर्ने, पालिका भित्रका मुख्य-मुख्य मन्दिरका पुरोहित तथा मठाधिस, भलमन्सा, पास्टर लाई पुजा अर्चना गर्न एवं सदभावप्रोत्साहन वाफत वार्षिक रु. ५०००/- (पाँच हजार) दिने निर्णय गरेकाे गाउपालिका कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>