Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

तारा एअरकाे विमान अहिले सम्म भेटिएन, आईतबारकाे खाेज कार्य स्थगित भएकाे छ ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ । 

थासाङ गाउँपालिकाका उपाध्यक्षका अनुसार विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर उक्त क्षेत्रमा पुग्न कठिन भएको कारण त्यहाँ आज पुग्न असम्भवजस्तै रहेको हिराचनले बताए । 

खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय युवाको टोली सम्भावित दुर्घटनास्थलतर्फ पैदल नै गएको हिराचनले बताए । तर दुर्घटनाको सम्भावित क्षेत्र अत्यन्तै विकट भएको कारण आजै पुग्न कठिन हुने हिराचनले बताए ।

यता नेपाली सेनाले पनि खराब मौसमका कारण आइतबार उद्धारको काम गर्न नसकिएपछि आफ्नो एम आई १७ हेलिकोप्टरलाई जोमसोममा लगेको बताएको छ । हेलिकोप्टरको माध्यमबाट आइतबारको खोज तथा उद्धार स्थगित गरिएको बताउँदै मौसम खुलेपछि सोमबार बिहानैबाट खोज तथा उद्धारमा लाग्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>