Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १६ गते सोमबार

मापसे गरेर महिला ‍भएकाे घर काेठामा राति पस्ने लाई कुटेकाे आराेपमा वडा कार्यालयमा दलहरुले गरे तालाबन्दी । सेवाग्राहि मार्कामा।


बेतकाेट नगरपालिका वडा ८ काे कार्यालयमा साेमबार तालाबन्दी गरेकाे छ । वडामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टि, नेपाली काग्रेस, एमाले समेतका दलका बम बहादुर बम, दिलु बाेहरा, हर्क नाथ याेगी, वीर बहादुर शाह, उत्तर शाह र कुमा कुमारि शाही लगायतले वडा पदाधिकारिले वडा बासि नरेस गिरिलाइ कुट पिट गरेकाे आराेपमा साेमबार वडामा तालाबन्दी गरेकाे छ । तालाबन्दी गर्ने समुहमा रहेका दिलु बाेहरा वडा पदाधिकारिले जनता कुटेका कारण तालाबन्दी गरेकाे बताउछन
। धाइते गिरिकाे आखामा चाेट लागेकाे र अस्पतालमा उपचार गराईरहेका छन । उनी संग यश बारेमा फाेन सम्पर्क हुन सकेन ।

वडाका भुपेन्द्र भण्डारि काे घरमा १४ गते राति मादक पदार्थ सेवन गरि नरेस गिरि र करन बिष्ट प्रबेश गरि गालि गलाैच अपशब्द प्रयाेग गर्दा घरमा रहेका महिलाहरुले प्रतिकार गर्न खाेज्दा भाग्ने क्रममा नरेश गिरि लाई  चाेट लागेकाे र करन बिष्ट भाग्न सफल भएकाे घरबेटि भण्डारि बताउछन । उनका अनुसार घरकै अर्काे काेठामा वडाका अध्यक्ष समेत बसेर छलफल समेत गरिरहेका थियाै गालि गर्दै महिला भएका काेठामा प्रबेश गरे , प्रहरी खबर गरि मापसे चेकजाच पनि गरेकाे हाे तर प्रहरिले घरमा आक्रमण गर्न आएका लाई छाेडि दियाे , प्रहरिले निबेदन लिएकाे छ तर कार्वाहि गरेन ।

वडा अध्यक्ष महेश राज जाेशिका अनुसार वडामा चुनाव लडेका जनता बाट पराजित मित्रहरुले आएर तालाबन्दी गर्नुभएकाे छ, जनता लाई सेवा दिन पर्ने कार्यालय बन्द गरेर जनतालाई दुख दिने काम भएकाे छ याे राम्राे हाेईन बाकि कुटपिट काे बिषय चाहिँ वडाका पदाधिकारीले सेवा दिन भाेट माग्यै कुटुनु पर्ने के कारण छ, हामी बसेकाे घरमा महिलाका काेठा गालि गर्दै प्रबेश गरेछन महिलाले प्रतिकार गर्ने खाेज्दा भाग्ने क्रममा चाेट लागेकाे हाेला हामिले त प्रहरीलाई जिम्मा लगाएका थियाै । साथिहरुले पुर्वाग्रह राखेर जनतालाई दुख दिन वडामा तालाबन्दी गरे ।

कंचनपुर जिल्ला प्रहरी प्रवक्ताका अनुसार मापसे गरेका ब्याक्ति घर भित्र प्रबेश गर्न खाेज्दा प्रतिकार गरेर चाेट लागेकाे हाे । हामी आफै छलफल गर्छाै भनेपछि नियन्त्रणमा लिएकाे छाेडेका हउ । घटना राजनितिक देखिएका कारण मंगलबार छलफलका लागि बाेलाएका छउ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>