Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ जेठ १८ गते बुधबार

गाैरिगगंगामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाईयाे ।

"सुर्तीजन्य पदार्थ त्यागौं, स्वास्थ्य र वातावरण जोगाऔं" भन्ने मुल नाराका साथ आज विश्व सुर्तीजन्य पदार्थ रहित दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  कैलालीको गौरीगंगा नगरपालिकामा मसुरिया स्वास्थ्य चौकीको आयोजनामा दिवस मनाइएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा मसुरिया स्वास्थ्य चौकी मातहतमा कार्यरत महिला स्वयंसेविकाहरुलाई सेवा प्रदान गर्न सहजतका लागि छाता तथा आमा समुहको नियमित बैठक गर्न त्रिपाल प्रदान गरिएको थियो । 
दिवसको अवसरमा मसुरिया स्वास्थ चौकीको दिगो संरचना निर्माण कार्यको पहलकर्ता तथा सहयोग गर्ने स्वगीय चन्द्रलाल शर्मा चौलागाईका परिवारका सदस्य र नवदुर्गा आमा समुहलाई खादा ओढाएर सम्मान गरिएको थियो ।  
कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा मसुरिया स्वास्थ्य चौकीको समग्र विकास र उन्नतिका लागि सहयोग समन्वय गर्ने स्वास्थ्य चौकीका कर्मचारी, समितिका पदाधिकारी समाजसेवी लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा मसुरिया स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्न आफ्नो तहबाट सकृयता पुर्वक लागिपर्ने बताएका थिए । 
एक कोठा भाडामा लिएर सुरु भएको मसुरिया स्वास्थ्य चौकीको दिगो विकास र विस्तार गर्न स्वगीय चन्द्रलाल शर्मा चौलागाईले आफ्नो लगानीमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको दिनबाट मसुरिया क्षेत्रमा स्वास्थ्य विकासको आधार तय भएको मसुरिया स्वास्थ्यका कर्मचारी दिर्घराज जोशी बताउँछन् । 
स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तले संचालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष पवनकुमार बोगटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>