Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ जेठ १८ गते बुधबार

माओवादि केन्द्र बाट पालिकामा बिजयी प्रमुख उप प्रमुखकाे काठमाडौं प्रशिक्षण यस्ताे छ ।

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि प्रशिक्षण सुरु गरेकाे छ  । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण चलिरहेकाे छ ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण लिईरहेकाे अपि हिमाल गाउपालिका अध्यक्ष भगत सिह ठेकेरे बाेहराले जानकारी दिए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख सबै सहभागि भएकाे बाेहरा बताउछन । बुधबार बिहान ११ बजे अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन बेलुका ५ बजे सकिने कार्यक्रम छ । बिहीबार बिहान ८ बजे सुरु भई बेलुका ६ बजे नारायणकाजी श्रेष्ठले समान गरेर सकिनेछ’ बाेहराले भने, ‘सबै नेता र विषय विज्ञलाई प्रशिक्षण दिन विषय निर्धारण गरिएको छ । त्यसैमा रहेर जनप्रतिनिधिलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण दिएपछि पक्कै पनि जनप्रतिनिधिलाई राम्रो फिड ब्याक मिल्ने अपेक्षा लिएका छौ ।’

माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।
स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् ।

प्रशिक्षणको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ,  मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ । 

गत वैशाख ३० गते भएको स्थानीय तहमा दोहोर्याएर उठाएका ५० प्रतिशत प्रमुखहरु पराजित भएपछि माओवादीले बोलाएर सत्ता सञ्चालनका विषयमा पहिलोपटक प्रशिक्षण दिन लागेको हो । अहिले जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिएमा पुनः नदोहोरिने अपेक्षा लिइएको छ ।

बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ । बुधबार र बिहीबार प्रदेश प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएपछि शुक्रबार केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनका विषयमा समीक्षा गर्दै समसामयिक विषयमा छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>