Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १९ गते बिहिबार

महेन्द्रनगरमा उल्टाे म्युजियमकाे भयाे उद्घाटन ।

आदित्य जाेशी -                                       महेन्द्रनगर म्युजियममा अप साइड डाउन म्युजियम अर्थात उल्टो म्युजियमको आज उदघाटन भएको छ । यस प्रकारको म्यु्जियम नेपालमा पहिलो पटक निर्माण भएको हो । नेपाल हुदै लामो समय बिदेशका बिभिन्न एअरलाइनहरुमा काम गर्दै आउनुभएका र हाल एअर इन्डिया एअरलाइन्समा कार्यरत क्याप्टेन  बेद उप्रेतीले यो म्युजियमको स्थापना गर्नुभएको हो । झण्डै ८ करोडको लगानीमा महेन्द्रनगर म्युजियमको स्थापना गरिएको हो ।
उल्टो म्युजियम नेपाल मै पहिलो भएको भन्दै यस क्षेत्रको सांस्कृतिक समाजिक परिवेश संगै पर्या पर्यटनको विकासमा पनि टेवा पुग्ने गरी म्युजियमको स्थापना गरिएको क्याप्टेन बेद उप्रतीको भनाइ रहेको छ ।

महेन्द्रनगरमा रहेको आफनै जमिनमा उहाले म्युजियम स्थापना गर्नुभएको हो । म्युजियममा हेलिकेप्टर देखि बिभिन्न भाषा संस्कृतिको पहिचान झल्किने बिभिन्न पहिरन सहितको डमी राखिएको छ भने तस्बिर खिच्ने राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका बिभिन्न सिनहरु राखिएको छ ।

सिद्धबाबाको जटाबाट पानीको फोहरा सहित स्विमिङ पुलको व्यवस्था समेत गरिएको छ । गर्मी छल्नका लागि समेत पर्यटक र बिभिन्न स्थानिय बासिन्दाहरुलाइ राहात दिने म्युजियम संचालक बेद उप्रेतीको भनाइ रहेको छ ।

पछिल्लो समयमा संग्राहालयमा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ । उल्टोे म्युजियमको उदघाटन बरिष्ठ पत्रकार चित्राङ्ग थापा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव  रामसिह ठगुन्नाले संयुक्त रुपमा गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>