Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १९ गते बिहिबार

नेपाली रेलमा आगलागी, शंकास्पद महिला पक्राउ ।

जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी भएको छ। बिहीबार दिउँसो साढे तीन बजे जयनगर स्टेसनबाट रेल छुट्ने बेला १ नम्बर गेटको जनरल बोगीमा सामान्य आगलागी भएको हो।

सामान राख्ने र्‍याकमा अनजान व्यक्तिले राखेको तेजाब पोखिएर रेलमा धुँवा फैलिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले  जानकारी दिए।

सिटमा एक जना महिलाको जिउमा एसिडजस्तो त्यो पदार्थ परेपछि पोल्यो। उनी चिच्याउन थालिन्, सबै यात्रु हल्ला गर्न थाले। महिला हटेपछि दुई थोपा तेजाब तल पोखिएपछि धुँवा फैलियो। रेलमा खासै क्षति त भएको छैन। दुई इन्चजति डढेको देखिन्छ,’ झाले भने।

ती महिला छोरीसँगै जयनगरबाट पाँच लिटरको सिलिन्डरमा ग्यास भरेर जनकपुरतर्फ आउँदै थिइन्। आमाछोरी दुवैको भूमिका शंकास्पद देखिएको भन्दै भारतीय रेलवे पुलिस फोर्सले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

दुवै जनालाई जयनगरबाट जनकपुर ल्याउन सशस्त्र प्रहरीको टोली गएका छन्। सशस्त्रका प्रहरी निरीक्षक शम्भु कटुवालको टोली दुवै जनालाई लिएर जनकपुर फर्किन लागेको महाप्रबन्धक झाले बताए।

रेलवेलाई अनुसन्धान गर्ने संयन्त्र नभएकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइने झाले जनाए।

ती महिलाको छेउमै बसेका अरू दुई जना शंकास्पद पुरुष भने घटनालगत्तै फरार भएका छन्। उनीहरूको समेत खोजीकार्य भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>