Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २० गते शुक्रबार

नेप्से कारोबारको लागि अन्तिम दिन आज बजार १.६० अंकले घटेको छ। शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २,०७८.७० बिन्दुमा पुगेको हो। 
 
केही समययता नेप्से लगातार घटिरहेको छ। अघिल्लो दिन पनि नेप्से १८.२६ अंकले घटेर २,११२.४७ विन्दुमा पुगेको थियो।
बजार घटेपनि कारोबार रकममा भने सुधार देखिन थालेको छ। आज कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको ३८ लाख ४८ हजार ५०८ सेयर किनबेच हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिन भने २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ६६ हजार ८१९ सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार रूपैयाँ कारोबार भएको थियो। 

आज सबैभन्दा धेरै बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको आज सकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि बलेफी हाइड्रोपावरको आज ९.९८ प्रतिशतले बढेको हो। अघिल्लो दिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको थियो। आज सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्थाको८.९५ अंकले घटेको हो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। सबैभन्दा धेरै घट्नेमा ट्रेडिङको २.५६ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.३४ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको १.९२ प्रतिशतले घटेको हो। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ६ करोड २३ लाख ५५ हजार रूपैयाँको सेयर कारोबार भएको छ। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ६ करोड २३ लाख ५५ हजार रूपैयाँको सेयर कारोबार भएको छ। 

यसपछि सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ४ करोड २ लाख रूपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८४ लाख १६ हजार रूपैयाँ, अपि पावरको ३ करोड ७१ लाख ५९ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ६६ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>