Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ जेठ २२ गते आइतबार

एकीकृत समाजवादिले मन्त्रि फेर्न प्रधानमन्त्रीलाई नाम बुझायाे

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय समिति बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

यसअघि सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ दोहोरिने भएका छन्।

स्रोतका अनुसार बढुवा भएर भवानी खापुङ अब स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्। नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्। त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नसक्ने सम्भावना रहेको छ।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए। 

उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>