Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
भावना बडू
२०७९ जेठ २३ गते सोमबार

यातायात ब्यावसायि जरिमाना तिर्न बाध्य , यातायात ब्यावस्था बिभाग चिर निद्रामा ।

यातायात ब्यावसायी करिव हप्ता दिन बाट जरिमाना तिरेर सवारि चलाउन बाध्य भएका हुन । सुदूरपश्चिम प्रदेश बाट अरु प्रदेशमा चल्ने सार्वजनिक सवारिलाई प्रदेशमा रहेका यातायात ब्यावस्था कार्यालयहरुले जाँचपास र रुट ईजाजत पत्र नबिकरण नगरेका कारण जरिमाना तिरेर सवारि चलाउनु परेकाे ब्यावसायीले बताएका छन ।

प्रदेश अन्तरगत रहेकाे यातायात कार्यालय महेन्द्रनगरका प्रमुखले यातायात ब्यावस्था बिभागले अन्तर प्रदेश चल्ने सवारिकाे जाचपास, रुट प्रमिट लगायत काम अब उप्रान्त नगर्न नगराउनु भनी पत्र आएका कारण बाट काम रनेकेका हँउ अन्तरियामा भि यफ सिसि सवारि परिक्षण कार्यालय खाेलेकाे भन्ने आएकाे छ कहाँ छ के छ आफुलाई जानकारी नभएकाे बताए ।

यसैगरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तरियाका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंह संग सम्पर्क गर्दा पनि यश बिषयमा जानकारि नभएकाे पाईएकाे छ । प्रहरिले जरिमाना काट्ने तर थप कार्वाही गर्नु परे त्याे संघिय कार्यालय कहाँ हाे थाहा छैन ।

यसैगरि यातायात ब्यावस्था विभागका महा निर्देशक नमराज घिमिरे संग सम्पर्क गर्दा उहाले जवाफ दिनु भएन । फाेन रिसिभ पनि गर्नु भएन भने बिभागकै  प्राबिधिक महानिर्देशक राचन्द्र पाैडेलले समेत फाेन उठाउनु भएन । यसरि पटक पटक काे फाेन नउठाउने गैर जिम्मेवार उच्च तहका अधिकारी रहेकाे बिभागका कारण सार्वजनिक यातायात ब्यावसायि दिनानु दिन जरिमाना तिर्न बाध्य छन ।

सुदुरपश्चिम प्रदेशमा खुलेकाे भनिएकाे कार्यालयकाे निरन्तर खाेजि गर्दा समृद्धि पाेष्टले त्यस कार्यालयका प्रमुख भै आएका जितेन्द्र शर्मा संग सम्पर्क गर्न सफल भएकाे छ । ब्यावसायिले तिर्नु परेकाे जरिमाना र दुःखका बारेमा कुरा राख्दा वहाले कार्यालयकाे लागि भवन खाेजिएकाे कर्मचारि ब्यावस्थापन हुन नसक्दा कार्यालय संचालन गर्न नसकिएकाे बताएका छन । वहाले सावन बाट सेवा दिन सकिने बताएका छन । यतिकाे दिन सम्म प्रदेशदले सेवा दिन बन्द गर्ने संघले कार्यालय संचालन नल्याउदा ब्यावसायिले कसरी काम गर्ने भन्दा वहाले बुटवल वा साे भन्दा पुर्व जानेले त्यहाँबाट सेवा लिन सक्ने बताए भने नेपालगन्ज, दाङ्ग, प्रदेश ६ का सुर्खेत लगायत विभिन्न ठाउमा जाने सवारि साधनले के गर्ने भन्ने बारेमा अनुत्तरित रहे ।
यसरी प्रदेशले काम राेक्ने संघले कार्यालय खाेलेर सेवा दिन नसक्दा ब्यावसायि मारमा परेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>