Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ जेठ २५ गते बुधबार

निड्स नेपालद्धारा भीमदत्त - १८ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कञ्चनपुरको भीमदत्त नगपालिका १८ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच निडस नेपालले भीमदत्त नगरपालिका १८ नम्बर वडामा कार्यक्रमको प्रगति एव सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरोत्थान परियोजना अन्र्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको निड्स नेपालका कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताएका छन्  ।

निड्स नेपाल पुनरोत्थान परियोजनाका संयोजक बिनोद सिंह  कडाराले कोरोना महामारीका बेला महामारी रोकथामका लागि समुदाय स्तरमा गरेका कामकाजबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संयोजक कडराले महामारी रोकथाम एव प्रभावित समुदायका लागि राहत वितरण गरिएको बताए ।

उक्त कार्यक्रम अन्तर्गत हाल सम्म न्यानो माया सुनौलो हजार दिनका आमाहरु ३६ जनाले सेवा पाएका छन । जसमा वडा न. ५,१०,१५,१८ र १९ मा ५,९,६,१२ र ४ जना रहेका छन् ।
कृषि बीउ वितरण तथा सहयोग वडा न.१०,१५,१८ र १९ मा ८८ जना (३ समूह) ,८५ जना (४ समूह) ,७५ जना (३ समूह) र ७६ जना (४ समूह) मा वितरण गरिएको र यसैगरी हालसम्म २१६ जनाले स्वास्थ्य बिमा गरिएको छ। जसमा वडा न. १०,१५,१८ र १९ मा ५४-५४ जनाले लाभ लिएको संयोजक कडाराले बताए।

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटाले महामारी नियन्त्रण र कोभिड प्रभावित समुदायको राहतका लागि निड्स नेपालले गरेको भूमिका सरानिय भएको बताए ।

कार्यक्रममा अध्यक्ष देवकोटा सहित कार्यपालिका सदस्य सिता भण्डारी वडा सदस्य हेम बहादुर बस्नेत, पदम बहादुर चन्द, रुपा सिलवाल, निड्सका तर्फबाट कार्यक्रम अधिकृत रोशनी धामी, अनुगमन तथा मुल्याङ्ककन अधिकृत चरण प्रशाद जोशी, कृषि प्राविधिक भावना जोशी, अस्मिता सिह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा  सहभागिहरुले निड्स नेपालले कोरोना महामारीका बेला गरेको काम राम्रो भएकाले फेरीपनि गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>