Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २५ गते बुधबार

भारतबाट कञ्चनपुरको दोधाराचाँदनीबाट खुलेयाम निर्वाध रुपमा तस्करी भएर आएको व्यवसायीको मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बुधबार सशस्त्र प्रहरीले महेन्द्रनगर बजारबाट तस्करीको अवैध मल बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार दोधाराचाँदनीबाट महेन्द्रनगर तिर आएको व्यवसायीको मल बरामद गरिएको छ । सुपप्र ०१००१ ख ३००६ नम्बरको १० चक्के ट्रकमा तस्करी हुन लागेको ७० बोरा अवैध मल, ट्रक चालक र सह चालक सशस्त्र प्रहरीले पक्राउ गरेर भन्सार चलान गरेका छ ।

चालक दिपेन्द्र सिह महरा र सह चालक भुपेन्द्र महरा रहेका छन । पक्राउ परेका महराद्वय बैतडीका हुन ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रुराज विश्वकर्माले सशस्त्र प्रहरीले अवैध रुपमा चोरी पैठारी भएको मल बरामद गरेर भन्सार बुझाएको बताए । ‘दुवै मानिस, ट्रक सहित भन्सारमा छ, ‘उनले भने, ‘कुनै कागजात नभएकाले थप कार्बाही प्रकृया अघि बढ्छ ।’ ट्रकका चालक र सह चालकले उक्त मल बारे मुख नखुलेको प्रमुख भन्सार अधिकृतले बताए । दोधाराचाँदनीका विभिन्न स्थानमा सशस्त्र प्रहरी र प्रहरी हुँदा समेत किसानले पाउन  नसकेकाे मल व्यवसायीले ट्रकका ट्रक तस्करी गरेर आउने र भीमदत्त नगरपालिका क्षेत्रका शसस्त्र प्रहरीले अवैध मल बरामद गरेर भन्सार बुझाउनुपर्ने बाध्यता उत्पन्न भएको छ ।

सीमा क्षेत्रमा दोधाराचाँदनीका सशस्त्र प्रहरीको मलका तस्करसंग मिलोमतो भएकै कारण खुलेयाम बजारमा तस्करीको मल महेन्द्रनगर पुगिरहेकाे छ । नभए सिमा क्षेत्रबाट मसरि भित्र प्रबेश गर्न सक्दछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>