Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ जेठ २५ गते बुधबार

भीमदत्त नगर कार्यपालिकाकाे पहिलाे निर्णय सुत्केरी महिलालाई नगरभित्रका अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा दिने

कञ्चनपुरको भीमदत्त नगरपालिका नव निर्वाचित कार्यपालिकाले विभिन्न  निर्णय गरेका छन । 
नगर कार्यपालिकाले गरेका निर्णय बुधबार एक कार्यक्रमका विच प्रवक्ता महेन्द्र बहादुर खडकाले सार्वजनिक गरेका छन । 
१२ र २० जेठमा दुई पटक बसेको कार्यपालिका बैठकबाट गरिएका निर्णय सार्वजनिक गरिएका छन । प्रवक्ता खडकाका अनुसार आउँदो असार ७ गते नगर सभादेखि जनप्रतिनिधीलाई जिम्मेबारी दिईएको छ । 

नगरका क्षेत्रका गर्भवती महिलालाई नगर भित्रैका अस्पतालमा पुर्याउन निःशुल्क एम्बुलेन्स प्रदान गरिने छ । गर्भवती महिलाको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन र घरमै प्रसुती गराउने कार्य शुन्यमा पु¥याउन नगरका प्रसुती सेवा केन्द्र र महाकाली अस्पताल पुर्याउन गर्भवती महिलालाई निःशुल्क एम्बुेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ ।                                                                                                     १० जेठमा बलात्कारको शिकार बनेकी भीमदत्त नरपालिका २उल्टाखामकी ११ बर्षिया बालिकाको स्वाथ्य उपचार, स्याहार सुसार र जिविकोपार्नका लागि ५लाख रुपैया दिने निर्णय गरिएको छ । ७५ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरदैलौमै पुगेर स्वास्थ्य उपचार, लागु दुव्र्यसनी नियन्त्रण, विज्ञको सुची तयार, विपन्न विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउन कार्यबिधी तयार गर्ने, ६का वडाध्यक्ष महेन्द्र खडकालाई प्रवक्ता बनाउनेदेखि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विज्ञ सहितको कार्यदल गठनका लागि नगर प्रमुख पदम बोगटीलाई जिम्मेबारी दिईएको छ । यस्तै गरी विभिन्न विषयगत  समिति समेत गठन गरिएको छ । स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति सयोजकमा मेयर पदम बोगटी, अनुगमन समिति, बजेट तथा कार्यक्रम तर्जुमा र स्थानीय राजस्व परामर्स समितिका संयोजक उप प्रमुख निलम लेखक, कार्यपालिका सदस्य हरिहर परिवारलाई लेखा समिति संयोजक, ६ का वडाध्यक्ष महेन्द्र खडकालाई सार्वजनिक सेवा तथा क्षमता विकास सुशासन समिति संयोजक, १२ का वडाध्यक्ष भुपेन्द्र सिह रावललाई विधेयक समिति संयोजक, ४का वडाध्यक्ष सुशिल कुमार भट्टलाई समाजिक विकास समिति, ३का वडाध्यक्ष गगन सिह धामीलाई आर्थिक विकास समिति संयोजक, ५ का वडाध्यक्ष पदमराज अवस्थीलाई पूर्वाधार विकास समिति  संयोजक, ११ का वडाध्यक्ष प्रकास थापालाई वातावरण तथा विप्द व्यवस्थापन समिति संयोजक, २ का वडाध्यक्ष उत्तम प्रसाद भट्टलाई सरसफाई तथा फोहरमैला व्यवस्थापन समिति संयोजक, १५ का वडाध्यक्ष भुवन राज भट्टलाई पूर्वाधार निर्माण, साधन परिचालन तथा व्यवस्थापन उप समिति संयोजक, १७का वडाध्यक्ष पदम सिह बुडालाई मर्मत सम्भार कार्यको व्यवस्थापन उपसमिति संयोजकको जिम्मेबारी दिएको छ । यस्तै अघिल्लो सरकारले गरेका तीन योजना निर्माण सम्पन्न नहुँदा रकमान्तर गरेर अघि बढाउने निर्णय गरेको छ । 

भीनपा ५ मा खोलामा कल्र्भट निर्माण, भीनपा १७ मा दशरथ टोल र श्रीराम टोलमा सडक सुधार, १६ मा ग्राभिलिङ्ग र भीनपा १६ मा ह्युपपाई योजनामा रकमान्तर गरेर सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>