Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
गाेदावरि
२०७९ जेठ २८ गते शनिबार

जिम्मेवारी मुक्त प्रअ काममा फर्किदा  बिध्यालयमा तनाव
साङ्केतिक तस्बिर

गोदावरी नगरपालिका वडा नं. ११ स्थित सरस्वती माध्यमिक विद्यालयमा पुरानो प्रधानाध्यापकलाई फिर्ता ल्याइएपछि विवाद बढेको छ ।
विभिन्न अभियोग लगाएर प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गरिएपछि काज सरुवा मागेका शिक्षक विनोद भट्टराईलाई नगरपालिकाले सरस्वति माविमै फर्काइदिएपछि विवाद बढेको हो ।

सो विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले काजमा रहेका शिक्षक भट्टराईलाई विद्यालयमा ल्याई पठनपाठन सञ्चालन गर्नका लागि व्यवस्थापन समितिकै निर्णयमा फिर्ता ल्याइएको बताए ।

उनले शिक्षक भट्टराई फिर्ता आएर सोझै प्रधानाध्यापकको जिम्मेवारी आफूले पाएको भन्दै प्रधानाध्यापकको नेम प्लेट हटाएर प्रधानाध्यापकको कुर्सीमा बस्ने, विद्यालय व्यवस्थापन समितिको बैठक बस्न नदिने र परीक्षा हलमा गएर विद्यार्थीको उत्तर पुस्तिकामा केन्द्राध्यक्षको हस्ताक्षर काटेर आफूले हस्ताक्षर गर्न थालेपछि विद्यालयमा तनाव भएको बताए । नगरपालिकाको शिक्षा शाखाले भट्टराईलाई काज सरुवा अघिकै जिम्मेवारीमा रहने गरी काज फिर्ता गरिएको पत्र भट्टराईलाई दिएको छ ।
उनका अनुसार भट्टराईलाई जिम्मेवारीबाट मुक्त गरिएपछि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका शिक्षक रामबहादुर पार्की केन्द्राध्यक्ष भएर परीक्षाको उत्तर पुस्तिकामा हस्ताक्षर गरेका थिए । भट्टराईले आफ्नो अध्यक्षतामा स्टाफ बैठक बस्नु पर्ने भन्दै पार्कीको अध्यक्षतामा लेखिएको बैठकको माइनुट समेत काटेको प्रधानाध्यापक पार्कीले बताए ।

उनले आफूले गरेको हस्ताक्षर काटेर उत्तर पुस्तिकामा आफ्नो हस्ताक्षर गर्न थालेका भट्टराईलाई त्यस्तो नगर्न भन्दै शिक्षक कमल ओलीले हात समाटेर बाहिर पठाएपछि सरस्वती माविमा कक्षा ११ को परीक्षा सञ्चालन भएको थियो ।
तत्कालीन वडाध्यक्ष शिव विकको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले विभिन्न ११ बुँदे अभियोग लगाएर भट्टराईलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गर्न गोदावरी नगरपालिकाकालाई पत्र लेखेको थियो ।

नगरपालिकाले २०७८ पौस १६ गते भट्टराईलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएर शिक्षक पार्कीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । भट्टराई मावि तहका स्थायी शिक्षक हुन् भने पार्की आधारभूत तहका स्थायी शिक्षक हुन् । भट्राईले आफू भन्दा जुनियर प्रधानाध्यापकको जिम्मेवारीमा रहेकाले आफूलाई काम गर्न कठिन भएको भन्दै नगरपालिकासंग काज सरुवा मागेको थिए । विद्यालय व्यवस्थापन समितिको सहमतीमा भट्राइलाई नगरपालिकाले बल्मीस्थित राष्ट्रिय माविमा ३ महिने काज सरुवा गरेको थियो । ‘उहाँको ३ महिने काज सकिएपछि व्यवस्थापन समितिले निर्णय गरेर उहाँलाई फिर्ता बोलाइएको हो,’ व्यवस्थापन समितिका अध्यक्ष साउँदले भने, ‘भएको शिक्षक काजमा रहेपछि विद्यालयमा पठनपाठन व्यवस्थापन असहज भएकाले हामीले उहाँलाई बोलाउने निर्णय गरेका हौं ।

तर उहाँले आएर सिधै प्रधानाध्यापकको जिम्मेवारी लिन खोज्नु भयो । प्रक्रियामा आउनुस् । व्यवस्थापन समितिले उपयुक्त निर्णय लिन्छ भन्दा पनि उहाँले नमानेर अराजकता देखाउनुभयो ।’
प्रधानाध्यापकको विवाद प्रहरी, नगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाईमा पुगेको छ । भट्टराईले शिक्षक ओलीले आफूलाई हातपात गरेको र आफ्नो अपमान गरिएको भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका छन् । विद्यालय प्रशासनले भट्राईले विद्यालयमा शैक्षिक माहोल खलबलाउने काम गरेको भन्दै नगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाईमा कारबाहीका लागि निवेदन दिएको व्यवस्थापन समितिका अध्यक्ष साउँदले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>