Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २९ गते आइतबार

भासिमा दैनिक जसाे दुर्घटना हुदै, शनिबार राति माेटरसाईकल पर्याे दुर्घटनामा सवार शिक्षक घाईते ।

भीमदत्त नगरपालिकाकाे पुर्व पश्चिम राजमार्ग काे भाँसीमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको छ । म२प ६८८२ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त नगरपालिका–९ स्थित भीमदत्त स्मृति आधारभूत विद्यालयका प्रधानाध्यापक केशवनाथ योगी घाइते भएका छन् ।

शनिबार राति उनले चलाएको मोटरसाइकल भाँसीको पुरानो मालपोत कार्यालय नजिकको नालामा खसेको थियो । उक्त स्थानमा यसअघि पनि सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार त्यो ठाउँमा दुबैतर्फ सडक निक्कै चौडा छ भने कल्भर्ट साघुँरो छ । सेफ्टी बार पनि नहुँदा राति दुर्घटना हुने गरेको छ ।

शिक्षक योगी मोटरसाइकलसहित गहिरो नालामा खसेका थिए । मोटरसाइकलाई भने जेसीबी प्रयोग गरि आइतवार बिहान निकालिएको छ । नजिकै पसल रहेका स्थानिय दिनेश बाेहराका अनुसार 'ठूलो दुर्घटना भएपनि उहाँ जोगिनु भयो, सामान्य घाइते मात्रै हुनु भएको छ,' ।

भासिमा दैनिक जसाे दुर्घटना हुन थालेका छन । सडक चाैडा भएर कल्भर्ट साघुरा हुने, सडक किनारमै पसल राख्ने लगायतका कारण बाट दुर्घटना बढेकाे स्थानिय बताउछन । हिजाे मात्रै भासिमा दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>