डडेल्धुरामा देवर र भाउजु एउटै रुखमा पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् । आलिताल गाउँपालिका वडा नं. ५ भावर बस्ने रबिन बिककी श्रीमति पशुपति र उनका सहोदर भाई गणेशको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गंगादत्त वडूले जानकारी दिएका छन् ।
आलिताल ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एउटा रुखमा प्लाष्टिकको डोरीले झुन्डिएको अवस्थामा शव फेला परेको हो । आलितालबाट प्रहरी त्यहाँ पुगिसकेको र आफू पनि घटनास्थलतर्फ गइरहेको इन्सपेक्टर वडूले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया