Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ जेठ ३१ गते मङ्गलबार

भिमदत्त नगरपालिका २ ले बितरण गर्याे घासकाे बीउ ।

भीमदत्तनगरपालिका– ०२ को वडा कार्यालयले घाँसको बिउ वितरण गरको छ । वडालाई प्राप्त १०० किलाे घाँसको विउलाई ५०० देखि १००० ग्राममा विभाजन गरी वडामा रहेका किसानलाई वितरण गरेको छ । थोरै मात्रामा पाए पनि अधिकाँस किषानहरु हर्षित भएका छन् ।

‘‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’’ भन्ने मुल नारा बोकेको भीमदत्तनगरपालिकाको आर्थिक विकास शाखा/कृषि/ पशुपंक्षी विकास उपशाखा बाट प्राप्त भएको घाँसको बीउ वितरण गरेको हो ।

भीमदत्तनगरपालिका बाट प्राप्त १०० के.जी घाँसको बिउ सबै कृषकहरुलाई पुर्याउने उद्देश्यले ५०० देखि १००० ग्राममा विभाजन गरी १०० भन्दा बढि परिवारलाई वितरण गरको वडा अध्यक्ष उत्तम प्रसाद भट्टले बताए ।

विउ वितरण भएको देखेर भीनपा – ०२ का स्थानिय खुशि भएका छन् । यो भन्दा पहिले पनि यसरी विउ वितरण हुने गरेकाे तर आफुहरुले कहिले नपाएकाे जानकि देबि जाेशीले बताईन ।

वडामा अधिकाँस घरहरुमा गाई भाैसि रहेकाे र सबै घरका लागि धेरै कुन्टल बीउ आवश्यक थियाे तर बीउ यत्ति नै पाउन सकियाे र बढि भाैसि पालेका लाई प्राथमिकतामा राखेर बितरणकाे प्रयास गरिएकाे अध्यक्षले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>