Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०१ गते बुधबार

सुदूरपश्चिम सरकारकाे ०८९/०८० काे बजेट यस्ताे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर रावलले बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये चालु तर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार, पूँजिगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार ,अन्त सरकारी वित्तीय हस्तान्तरण अन्तरगत १ अर्व ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापन तर्फ ३० करोड  विनियोजन गरिएको बताए ।

प्रस्तुत बजेटमा कृषि,पूर्वाधार निर्माण,शिक्षा,पर्यटन,स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । कृषि,पशुपंछी,भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा ३ अर्व १० करोड ३६ लाख,सडक पूर्वाधार निर्माण तर्फ ५ अर्व ६० करोड ११ लाख,उर्जा सिंचाई र नदी नियन्त्रण तर्फ ४ अर्व ४८ करोड रकम विनियोजन गरिएको मन्त्री रावलले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत १ अर्व २३ करोड ७३ लाख,स्वास्थ्य तर्फ १ अर्व ६ करोड २६ लाख रकम विनियोजन गरिएको छ । उद्योग,पर्यटन,बन,वातावरण र आपुर्ति क्षेत्रको कार्यक्रम कार्यान्वयनका गर्न २ अर्व ६१ करोड १३ लाख, युवा तथा खेलकुद तर्फ १६ करोड २० लाख,आवास शहरी विका तथा भवन निर्माण अन्तरगत ५३ करोड ७० लाख विनियोजन गरिएको उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>