Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०३ गते शुक्रबार

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। 

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए।

घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। 

खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

‘जिल्लाका तीन वटै ठाउँमा गएको पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको  छ’, उनले भने। घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>